काठमाडौं । काठमाडौं महानगरले सेवाग्राही एंव सरोकारवाला व्यत्तिक्तहरुले मागेको सुचना तथा जानकारी सार्वजनिक गरेको छ ।
महानगरले गत २०८० माघ १ देखि चैत्र ३० सम्म माग गरिएको सुचनाहरु सार्वजनिक गरेको हो ।
माग गरिएको सुचनामा महानगरका प्रमुख, उपप्रमुखको भेटवार्ता, प्रमुखले भेटवार्ता गरेका व्यक्तिको विवरण, प्रमुखले पदबहाल गरेदेखि नियुक्त भएका सचिवालयका कर्मचारीहरुबारे लगायत छन ।
यसैगरी, फुटपाथ तथा सार्वजनिक स्थानमा व्यवापर व्यवसाय गर्ने व्यक्तिको सम्पती जफत, सामाखुसी क्षेत्रको दायाँबायाँ लगाएको रातो चिन्हबारे सोधिएको छ ।
सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सुचना सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सो सुचनाहरु सार्वजनिक गरिएको हो ।
सेवाग्राहीहरुले माग गरेको सुचना:
Categorized in स्थानिय