३१ बैशाख २०८१, सोमबार
Header

१ मे बाट नेपालीलाई चिनियाँ भिसा शुल्क नलाग्ने


प्रकाशित: आइतवार, १६ बैशाख २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । १ मे २०२४ देखि नेपाली नागरिकलाई चिनियाँ भिसा शुल्क नलाग्ने भएको छ । 


नेपालस्थित चिनियाँ दूतावासका अनुसार १ मे देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको हो । 


दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ ।


दूतावासले एक्सप्रेस–१ का लागि ४०० र एक्सप्रेस–२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ । 


यसैगरी ग्रुप भिसातर्फ एक्सप्रेस–१ का लागि २ हजार र एक्सप्रेस–२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ ।


यसैगरी भिसा सेन्टरले नियमित भिसाका लागि सेवा शुल्कवाफत् ३ हजार ९०० रुपैयाँ लिनेछ । एक्सप्रेस–१ का लागि ७ हजार ८०० र एक्सप्रेस–२ का लागि ५ हजार ८५० रुपैयाँ तोकिएको छ ।


नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन ।


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणको क्रममा हालै नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेको थियो । 


नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD