७ जेठ २०८१, सोमबार
Header

हेरौं सत्तारुढ पाँच राजनीतिक दलको साझा कार्यक्रम 


प्रकाशित: मंगलवार, ६ चैत्र २०८०, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । सत्तारुढ पाँच दलको राजनीतिक दलले साझा कार्यक्रम सार्वजनिक गरेको छ । 


मंगलवार सिंहदरवारमा आयोजित कार्यक्रममा साझा संकल्पसहितको साझा संकल्प सार्वजनि गरेको हो । 


कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका हुन । 


साझा कार्यक्रममा कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।


साझा कार्यक्रममा सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्यांकन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने छ । 


त्यसैगरी, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य संकल्पमा राखिएको छ । 

 

साझा कार्यक्रम : 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD