८ जेठ २०८१, मंगलबार
Header

स्वयम्भुमा चलचित्र छायांकनका लागि महानगरले तोक्यो दस्तुर


प्रकाशित: आइतवार, २९ पुस २०८०, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं– १५ वडास्थित रहेको स्वयम्भु महाचैत्य सम्पदा क्षेत्रमा चलचित्र छायांकनको लागि दस्तुुर तोकेको छ । 


महानगरको १४ औं अधिवेशनको बैठकमा राजस्व समिमितिको संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० लाई सशोधन गर्न बनेको विधेयकमा दस्तुर तोकिएको हो । 


विधेयकमा विदेशी चलचित्रको हकमा प्रतिदिन ५५ हजार, छोटो चलचित्र म्युजिक भिडियो, डकुमेन्ट्री प्रतिदिन २५ हजार, विज्ञापन भिडियो ६० हजार निर्धारण गरेको छ ।  


स्वदेशी चलचित्रको हकमा ठुला पर्दाको चलचित्र प्रतिदिन १० हजार, नेपाल भाषा बन्ने चलचित्र, छोटो चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्रीलाई लाग्ने करको १० प्रतिशत छुट, छोटो चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री प्रतिदिन ५ हजार लाग्ने छ । 


त्यसैगरी पर्यटक शुल्क २५०, सार्क र विमेस्टक राष्ट्रका लागि २००, सांस्कृति पोशाक (नेवारी, थारु, तामाङ, शेर्पा) प्रतिजोर २०० लाग्ने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD