काठमाडौं । सुनको मूल्य शुक्रवार एक हजार चार सयले घटेको छ ।
आज छापावाल सुनको मूल्य ८९ हजार एक सय रुपैयाँ छ । विहिवार बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोवार भईरहेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।
Categorized in किनमेल