काठमाडौं । सुनचाँदीको मूल्यमा लगातर बृद्धि भईरहेको छ ।
साताको पहिलो दिन आज (आईतवार) सुन तोलामा एक सय रुपैयाँ बढेर ९६ हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुन प्रतितोला ९६ हजार ५ सयमा कारोवार भएको थियो ।
चाँदी भने गत शुक्रबार कायम १ हजार ३ सय ५ रुपैयाँमा आइतबार पनि स्थिर छ । फागुन १ गते प्रतितोला ९५ हजार ५ सय थियो । एक सातामा सुनको मूल्यमा १ हजार १ सय रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८९७.३६ डलर छ ।
Categorized in किनमेल