७ जेठ २०८१, सोमबार
Header

सिआईबीले लियो उद्योगी विनोद चौधरीसँग बयान


प्रकाशित: विहिवार, ८ चैत्र २०८०, ०९ः३० बजे 
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बाँसबारी जग्गा हिनामिना प्रकरणमा जोडिएका उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग वयान लिएको छ ।

 
विहिवार विहान उद्योगी चौधरी विहान आफै रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका हुन । 


हिजो सिआईबीले चौधरीमाथि अनुसन्धान भईरहेको यस विषयमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको थियो । 


बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । 


चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन । त्यसबेला विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००÷२०० कित्ता शेयर थियो । 


गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो ।


२७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएपछि ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो । थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो । 


यसरी सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन ।


पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सीआईबीले यसबारे अनुसन्धान थालेपछि १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परे । 


अहिले उनीहरु धरौटीमा छुटेपनि सिआइबीले अनुसन्धान भने जारी राखेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD