काठमाडौं । ललितपुर महानगरपालिकाले सदर चिडियाखाना अवलोकन गर्न विद्युतीय गल्फ कार्ट (विद्युतीय गाडी) हस्तान्तरण गरेका छन ।
शुक्रवार एक कार्यक्रमविच महानगरका मेयर चिरीबाबु महर्जनले चिडियाखानालाई उक्त गाडी हस्तान्तरण गरेको हो ।
अशक्त, अपाङ्ग तथा वृद्धवृद्धाले सहजै सदर चिडियाखाना अवलोकन गर्न सकून भनेर विद्युतीय गाडी हस्तान्तरण गरेको महानगरले जनाएको छ ।
नगरप्रमुख महर्जनले सदर चिडियाखानाका प्रमुख राजकुमार गुरुङलाई विद्युतीय गल्फ कार्टको साँचो हस्तान्तरण गरेका हुन ।
साँचो हस्तान्तरणपछि कार्यक्रममा उपस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत वृद्ध(वृद्धाहरुलाई चढाएर चिडियाखाना परिक्रमा गराइएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, वन मन्त्रालयका सहसचिवहरु, सुरक्षा निकायका प्रमुख, चिडियाखानाका कर्मचारी लगायतको उपस्थिति थियो ।
यस्तै चिडियाखानामा रहेका बाघ संरक्षणका लागि महानगरका प्रमुख महर्जनले चिडियाखाना प्रमुख गुरुङ र प्रकृति संरक्षण कोषका सदस्यसचिव अधिकारीलाई १५ लाख रुपैयाँको चेक प्रदान गरेका थिए ।
महानगरले खरिद गरेको गल्फ कार्टको मूल्य ४१ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
अहिले सदर चिडियाखानामा एक सय दुई प्रजातिका एक हजारभन्दा बढी वन्यजन्तुहरू छन ।
Categorized in स्थानिय