८ जेठ २०८१, मंगलबार
Header

श्रीबृक्ष बचतको साधारण सभा सम्पन्न 


प्रकाशित: बुधवार, १५ मंसिर २०७८, १६ः०० बजे
- केडिआर

काठमाडौं । श्री वृक्ष बचत तथा ऋण सहकारी संस्था लि.ले शनिबार एक कार्यक्रम गरी एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 


धुम्बाराही काठमाडौंमा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिद्वारा प्रस्तुत प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण प्रतिवेदन २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, प्रगति तथा अनुमानित प्रतिवेदन, आ.ब. ०७८/०७९ को लेखापरीक्षक नियुक्ती सम्बन्ध, संस्था एकिकरण, विनियम सम्बन्ध, कार्यक्षेत्र थप सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.ब.को लागि पारित गरेको छ । 


साधारण सभामा प्रस्तुत गरिएको बासलात हिसाब अनुसार चालु आ.ब. मा संस्थाको चुक्ता शेयर पूँजी ८१ लाख ३२ हजार ६ सय रुपैंया जगेडा कोष ४ लाख ४७ हजार ७ सय ९० रुपैंया, अन्य कोषहरु ३ लाख ६९ हजार ६ सय रुपैंया,  निक्षेप हिसाब ४ करोड ४६ लाख २६ हजार २ सय, भुक्तानी दिनुपर्ने १४ लाख ७० हजार ८ सय ३८ रुपैंया, अन्य दायित्व १३ लाख ९४ हजार २ सय ५२ रुपैंयाको भएको छ, भने संस्थाको जम्मा कारोबार ५ करोड ६४ लाख ४१ हजार  ३ सय २९ रुपैंया भएको  छ । साधारण सभा संस्थाकी अध्यक्ष उमा गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।   

 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD