७ जेठ २०८१, सोमबार
Header

शिक्षा मन्त्रालयले एसईईका विद्यार्थीलाई ‘करियर काउन्सिल’ गराउने


प्रकाशित: शुक्रवार, २३ चैत्र २०८०, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई ‘करियर काउन्सिलिङ कोचिङ’ गराउने भएको छ । 


शिक्षा मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको जानकारी दिइन । 


शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन । 


उनले भनिन, ‘कक्षा ११, १२ मा जे पढ्यो त्यही लाइनमा मात्रै जान पाइन्छ अथवा के गर्न सकिन्छ ? त्यो भन्दा फरक के अध्ययन गर्दा सहज हुन्छ । भनेर विद्यार्थीलाई परामर्श दिने तयारी भइरहेको छ ।’


विश्वविद्यालयको सम्बन्धित आंगिक क्याम्पसहरूको जनशक्ति परिचालन गरेर विद्यार्थीलाई ‘करियर काउन्सिलिङ कोचिङ’ दिइने मन्त्री श्रेष्ठले बताइन । 


मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा गरिएको लगानीको उपलब्धीलाई पर्याप्त मान्न नसकिने उनले भनिन ।


उपलब्धीमूलक बनाउनको लागि सबै किसिमको प्रक्रिया सुधार गर्दै जानुपर्ने मन्त्री श्रेष्ठले बताइन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD