२८ बैशाख २०८१, शुक्रबार
Header

वरिष्ठ गायक तथा भजन शिरोमणी भक्तराज आचार्यको निधन


प्रकाशित: सोमवार, १४ फागुन २०८०, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । वरिष्ठ गायक तथा भजन शिरोमणी भक्तराज आचार्यको निधन भएको छ । 


आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । 


भजन शिरोमणिको उपाधिबाट समेत पाएका प्रसिद्ध ८२ वर्षीय आचार्यको संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो । 


उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । 


आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।


१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । 
आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD