८ जेठ २०८१, मंगलबार
Header

ललितपुरमा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने


प्रकाशित: आइतवार, १७ भाद्र २०८०, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । ज्यापु समाज यलले “प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना गर्ने भएको छ । 


ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 


समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धामा सहभागीता हुनेछ । 


पत्रकार सम्मेलनमा श्रम तथा युवा विभाग अन्तर्गतको युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनले प्रतियोगिताबारे बताएका थिए । 


उनले भने,‘ज्यापु समाजले आयोजना गर्न लागिएको भएता पनि सबैले ललितपुरका टोल, बहाबही र ननीहरुमा समेत पत्राचार गरिएको र यसमा सबैले सहभागिता जनाउन सक्ने छ ।’


ललितपुरको बालक्ुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबमा यही भाद्र २० गतेबाट ४ दिनसम्म खेल प्रतिस्पर्धा चल्नेछ । प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यले सबै समूहमा गरेर करिब २०० देखि २५० जना खेलाडीहरुको सहभागीता रहने अनुमान रहेको जानकारी दिए । 


प्रतियोगितामा सहभागिताका लागि १९ गतेसम्म नाम बुझाउन समय दिइएको छ । 


प्रतियोगिताका लागि १६ लाख रूपैयाँ लागत अनुमान रहेको र विजेताहरू मध्ये मेन्स डबलमा प्रथम हुनेलाइ २० हजार, द्वितीय हुनेलाइ १० हजार र तृतीय हुने दुइ समूहलाइ ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।


यसैगरी भेन्ट्रान्स डबलमा १५ हजार, ८ हजार र ४–४ हजार, अण्डर १७ ब्वाइज तथा गर्ल्सका लागि, १० हजार, ५ हजार र ३–३ हजार रूपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाइ पुरस्कार प्रदान गरिनेछ ।


प्रतियोगिताको उद्घाटन ललितपुरका मेयर चिरीबाबु महर्जनले गर्ने कार्यक्रम रहेको र समापन कार्यक्रममा ललितपुरका सांसद रामकृष्ण चित्रकार प्रमुख अतिथिको रूपमा हुने भएको छ ।

 
प्रतियोगिता हरेक वर्ष संचालन गर्नका लागि स्व. काजिलाल अवालेको परिवारजनको तर्फबाट १० लाखको अक्षयकोष राख्ने प्रतिबद्धता जनाएको र यसलाइ अन्य दाताहरूको सहयोगमा वृद्धि गर्दै जाने लक्ष्य रहेको संयोजक बाबुराजा ज्यापुले बताए । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD