७ जेठ २०८१, सोमबार
Header

लघुवित्त संस्थालाई आर्थिक नोक्सान पुराउने संचालक समितिका अध्यक्ष सहित चार पक्राउ


प्रकाशित: शुक्रबार, १५ असार २०७५, २०ः४७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले लघुवित्त संस्थालाई आर्थिक नोक्सान पुराउने संचालक समितिका अध्यक्ष सहित चार पक्राउ गरेको छ ।

 
सामुदायिक लघुवित्त वित्तिय संस्था साँगा, काभ्रेको संचालक समिति र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा २ करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुराएको अभियोगमा संचालक समितिको अध्यक्ष पाल्पा तानसेन नगरपालिका–४ भई हाल टोखा नगरपालिका–९ गोंगवु बस्ने ५७ वर्षीय हिरा बिश्वकर्मा , संचालक समितिका सदस्यहरु काठमाडौं महानगरपालिका–२२ खिचापोखरी बस्ने ६५ वर्षीय चण्डेश्वरी प्रधान, ललितपुर गोदावारी नगरपालिका–१२ ठेचो बस्ने ५१ वर्षीय बटुकृष्ण कार्की र तत्कालिन सिइओ ललितपुर उपमहानगरपालिका–१४ खुमलटार बस्ने ६५ वर्षीय स्वयम्भु राम जोशी रहेका छन् ।

 
उनीहरुलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान भईरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD