८ जेठ २०८१, मंगलबार
Header

राष्ट्रपति पौडेलद्धारा बजेट अधिवेशन आव्हान


प्रकाशित: शुक्रवार, २१ बैशाख २०८१, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका छन ।


वैशाख २८ देखि सुरु हुने गरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरिएको हो ।  


मन्त्रिपरिषद्ले बजेट अधिवेशन बोलाउन सिफारिस गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भएको थियो । 


यस अघि सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्ष कांग्रेसले राखेपछि सरकारले बैशाख २ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । 


कांग्रेस सांसद अर्जुननरसिंह केसीले बजेट अधिवेशन आह्वान भए पनि पार्टीले सहकारी प्रकरणको अडान नछाड्ने बताएका छन ।

 
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारी ठगी प्रकरणमा कांग्रेसको मागबारे छलफल हुने बताइन । 


‘सहकारीको रकम हिनामिना कांग्रेसको मात्र सरोकारको विषय होइन । सरकारले समस्या समाधानका लागि हदैसम्मको प्रयास गर्नेछ,’ उनले भनिन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD