७ जेठ २०८१, सोमबार
Header

रन्जिताले गरिन बागमति र गण्डकी प्रदेशका अध्यक्षलाई निष्कासन


प्रकाशित: मंगलवार, २० चैत्र २०८०, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले बागमति प्रदेश र गण्डकी प्रदेशका अध्यक्षलाई पार्टीबाट निस्काशन गरेकी छिन । 


अध्यक्ष श्रेष्ठले बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ लाई पार्टीबाटै निष्कासन गरेको हो ।

 
सोमवार अनामनगरस्थित पार्टी बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको निष्कासन गरेको पत्रमा उनले उल्लेख गरेकी छिन । 


यतिखेर पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच सत्ता समिरण्को विषलाई लिएर विवाद चरमोत्कर्षमा पुगेको छ । 


रन्जिताले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सत्ता गठबन्धनलाई समर्थन गरेका छन भने पति रेशम त्यसको विपक्षमा छन । 


हिजो कुटपिटको विषयले अहिले पार्टी भित्र झनै विवाद उत्पन्न भएको छ । संरक्षक रेशमले बैठकमा हत्या धम्की दिएको विषयमा केन्द्रीय सदस्य विश्वकर्माले पत्रकार सम्मेलन गरेर बताएका थिए ।


तर रेशमले आफूले त्यस्तो कुनै धम्की नदिएको बताएका छन । उनले पनि २३ र २४ गते बैठक बसेर कारबाहीको चेतावनी दिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD