७ जेठ २०८१, सोमबार
Header

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति, किन समातिए महरा 


प्रकाशित: सोमवार, ५ चैत्र २०८०, १७ः३० बजे 
- महानगरखवर

काठमाडौं । सुनतस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिनसम्म हिरासता राख्न अदालतले अनुमति दिएको छ । 


कपिलबस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमिति प्रदान गरेको हो । 


महरालाई यस अघि नेपाल प्रहरीको केन्द्रिय ब्युरो अनुसन्धान (सिआईबी) र सरकारी वकिलको कार्यालयमा मा उपस्थिती गराएको थियो । 


सिआइबीका एसपी होबिन्द्र बोगटीका अनुसार महरालाई संगठित अपराध कसुरमा म्याद थप गर्न पठाइएको थियो । 


पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।


महरालाई इलेक्ट्रिक भेपमा ९ किलो सुन तस्करी गरेको प्रकरणमा उनी पक्राउ परेको हो । 


सुन तस्करका आरोपी दाओजिन वाङसँग सम्पर्क देखिएका महरालाई यसअघि सिआइबीले मुद्दा नचलाएको भन्दै सुनसम्बन्धी जाँचबुझ आयोगले कमीकमजोरी देखाएको थियो ।  


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएलगत्तै उनी पक्राउ परेका हुन । 


गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।


पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 
सोमवारनै जिल्ला अदालत काठमाडौंले परराष्ट्रविज्ञ जीवन गुरुङलाई भने १५ लाख धौरटीमा रिहा गर्ने आदेश दिएका छन । पुर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार समेत रहेका गुरुङलाई सिआइबीले फागुन १५ गते नियन्त्रणमा लिएका थिए । 


सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD