७ जेठ २०८१, सोमबार
Header

मन्त्रीहरुले दैनिक कामको प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने, मन्त्रीपरिषदले गरे यी निर्णहरु 


प्रकाशित: विहिवार, २२ चैत्र २०८०, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुले दैनिक रुपमा गरेका कामहरुबारे आफू समक्ष व्रिफिङ गर्न निर्देशन दिएको छ । 


विहिवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रम दाहालले सो कुरा भनेका हुन । 


‘सबै मन्त्रीहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्छ’, प्रचण्डले भने, यसले सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ ।’


यसैविच, सरकारको मन्त्रिपरिषद बैठक बसी विभिन्न निर्णयहरु गरेका छन । 


प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकमा सरकारले तीन वटा निर्णय गरेको हो । 


बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । यस अघि श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएको थियो । 


हेरौ थप निर्णयहरुः 


२.रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. वीरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने । 


३. बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD