७ जेठ २०८१, सोमबार
Header

भिमसेनको बाह्र वर्षे जात्राको लागि तयारी सुरु


प्रकाशित: शनिवार, २६ फागुन २०८०, १८ः२० बजे
- Frannkey Franz

काठमाडौं । काठमाडौंको भिमसेनस्थानमा रहेको श्री भिंद्यः (भिमसेनको बाह्र वर्षे जात्राको लागि तयारी सुरु गरिएको छ ।


हरेक १२ वर्षमा एकपटक मन्दिरको गर्भगृहमा रहेको भिमसेन, अर्जुन र द्रौपदीको (द्रौपती) मूर्तिलाई मन्दिरको बीच भागमा रहेको झ्यालबाट विधिवत रुपमा निकालेर नजिकै रहेको भिंद्य फल्चामा राख्ने चलन छ । 


गुप्त रुपमा गरिने यस कार्यलाई सर्वसाधारणले हेर्न नहुने मान्यता रहेको छ । श्री भिमसेनलाई यस फल्चामा अस्थायी छाप्रो बनाइ त्यहाँ बास गराइन्छ भने मूर्तिको आवश्यक मर्मत संभार, रंगरोगन आदि सबै गर्ने गरिन्छ । 


करिब १ देखि ३ महिनासम्म लाग्ने यी सम्पूर्ण काम सकिएपछी साइत हेरी पुनः मन्दिरमा स्थापना गर्ने गरिन्छ । 


भिमसेन, अर्जुन र द्रौपदीलाई यसरी अस्थायी छाप्रोमा गुप्त रुपमा राख्नुलाई गुप्तबास भन्ने गरिन्छ ।

 

 


स्थानीय गुथियारहरुका अनुसार महाभारत हुनु अघि पाण्डवहरु १२ वर्ष वनबास र १ वर्ष अज्ञात बास अर्थात् गुप्त बास बसेको कथामा आधारित भएर भिमसेनलाई १२ वर्षमा एकपटक यसरी गुप्त बास राख्ने गरिन्छ । साथै, सम्बन्धित गुथियारहरुका अनुसार भिंद्यः कुहाँ बिज्याकेगु तथा थाँ बिज्याकेगु अर्थात मन्दिरबाट बाहिर निकालेको र पुनः भित्र्याएको हेर्न नहुने भएकोले पुरानै परम्परा अनुसार यसपाली पनि ४ कुनामा बाटो छेक्न जाने कुरा रहेको बताए । 


फाल्गुन ३० गते मध्यरातमा भिमसेन कुहाँ बिज्याकेगु गरिँदै छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD