७ जेठ २०८१, सोमबार
Header

भद्रकालीमा बहुल राष्ट्रिय पक्षधर र प्रहरीविच झडप


काठमाडौं । राष्ट्रिय मुक्ति आन्दोलन अभियानका कार्यकर्ता र प्रहरीविच भद्रकालीमा झडप भएको छ ।


शनिवार उपत्यका विशेष ब्यूरोले बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ नेपाः मण्डल घोषणाको लागि बृहत जनप्रदर्शन कार्यक्रम पछि भद्रकालीमा सम्बोधन क्रममा झडप भएको हो ।


सो झडपमा केही प्रहरी र प्रदर्शनकारीहरु घाइते भएको प्रहरीले जनाएको छ । केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ । 


प्रदर्शनकारीहरुले निषेधित क्षेत्र वरपर कार्यक्रम गर्ने क्रममा सो झडप भएको हो । 


यस अघि नेपाः मण्डलसहित बहुल राष्ट्रिय राज्य स्थापनाको माग गर्दै बसन्तपुरमा भेला भई बृहत ¥याली खुलामञ्च हुँदै भद्रकाली पुगेको थियो । 


केही समय अघि राजेन्द्र महत्तोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलनको नेतृत्व लिएको छ ।


महत्तोको नेतृत्वमा बहुल राष्ट्रिय राज्य अभियान सञ्चालन भईरहेको छ । यस अघि पनि निषेधित क्षेत्र तोड्ने क्रममा महत्तो सहित केही कार्यकर्ताहरु घाइते भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD