काठमाडौं । मिस वल्र्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको परियोजनाका लागि मिस नेपाल प्रियंकारानी जोशीले अर्थ सहायता जुटाउन थालेकी छन ।
उनले मंगलबार प्रियंकाले पोखरामा आयोजना गरेको च्यारिटी गालामा सो बारे व्रिफिङ गरेकी थिईन । सो परियोजना सम्पन्न गर्न अनुमानित ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ ।
उनले हालैको आफ्नो अमेरिका भ्रमणमा त्यहाँस्थित गैरआवासीय नेपालीलाई पनि सघाउन आग्रह गरेकी थिइन् । अन्य सरकारी निकायलाई पनि उनले अपील गरेकी छन ।
यसअघि नेपालले यो विधामा जित हासिल गरिसकेको छ । विगतमा जितिसकेको अनुभव भएकाले पनि नेपालले यो विधामा जोड दिंदै आएको छ ।
गालामा पोखरेली उद्यमी व्यवसायीदेखि गायक प्रेमराजा महतसम्म उपस्थित रहेको थियो ।
Categorized in सौन्दर्य