काठमाडौं । ललितपुर जिल्ला सितारियो कराते संघको बुधवार सम्पन्न अधिवेशनले बुद्धरत्न डंगोलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
बागमती प्रदेश सभा सभासद तथा राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष, करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले डंगोलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा बुद्धिबहादुर श्रेष्ठ तथा उपाध्यक्षहरूमा रामचन्द्र महर्जन, बाबुराम श्रेष्ठ, सुरेन्द्र कपाली, विनोद सिलवाल, नन्दलाल श्रेष्ठ, हरि खड्का सर्वसम्मत भएका छन ।
सचिवमा सागर चित्रकार, सह–सचिवमा दिलबहादुर घलान, कोषाध्यक्षमा रविना सुवाल चयन भएका छन ।
सदस्यहरूमा उमेश मल्ल, मनोज आचार्य, रोडन राना मगर, दावा छिरिङ तामाङ, घनश्याम चन्द, राजिव मास्के, सुलाभ घिमिरे र सलिना खड्गी निर्वाचित भएको हो ।
सो अवसरमा निर्वाचित कार्यसमितिका पधाधिकारी तथा सदस्यहरुलाई सभासद महर्जनले बधाई तथा सुुभकामना समेत दिएका थिए ।
करातेको विकासमा लाग्न खेलाडीहरुलाई प्रेरित गर्दै सभासद महर्जनले भने,‘नेपालको खेलकुदको प्रतिष्ठा सितोरियो करातेले जोगाएको छ ।’
खेलसँग आफ्नो जिवन जोडिएकोले निर्वाचनको बेला पनि आफूलाई खेलाडीहरुले ठुलो सहयोग र साथ दिएको समेत महर्जनले सो अवसरमा सुनाएका थिए ।
आउँदो पुस्तालाई पनि आफूजस्तै जनसेवामा समर्पित हुन आग्रह गरेका छन । आफुले सकेको जस्तो सुुकै सहयोग गर्ने उनले बताए ।
सानै उमेर १२ बर्षदेखि कराते खेल खेलेको अनुुभव सुनाउँदै उनले भने,‘ कराते खेलेर राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय रेफ्री हुँदै खेलकुद परिषदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षसम्म भए ।’
अहिले देशभर १० लाखभन्दा बढि सितारियो खेलाडीहरु रहेको छ भने ७७ वटै जिल्मा डोजो रहेको महर्जनले बताएका थिए ।
त्यसैगरी, सो अवसरमा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा किक बक्सिङका पूर्वराष्ट्रिय च्याम्पियन विनोद महर्जनले ललितपुर जिल्लामा करातेको गतिविधिलाई विकास गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘कराते विकास र बिस्तारको निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न ललितपुर जिल्ला खेलकुद विकास समितिको सहयोग हुनेछ ।’ महर्जनले भने ।
करातेमा दुुई पटक स्वर्ण जितेका दिपक श्रेष्ठले सितोरियो करातेको आगामी हुने केन्द्रीय अधिवेशनमा पदाधिकारीको भूमिका रहने इच्छा व्यक्त गर्दै सितोरियो करातेलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन आफू प्रतिबद्ध रहेको जनाए ।
श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष तथा आठौं र नवौं साफमा स्वर्ण पदक विजेता हुन । श्रेष्ठले करातेको राष्ट्रिय कोचको भूमिका रहि दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको सुनाए ।
नेपाल कराते महासंघ केन्द्रीय सदस्य निवर्तमान अध्यक्ष गोपाल महर्जनको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाल कराते महासंघ केन्द्रीय सदस्य तथा आठौं साफ स्वर्ण पदक विजेता रवि महर्जन, ललितपुर कराते महासंघका अध्यक्ष दयाराम महर्जन, आठौं साफमा स्वर्ण पदक विजेता तथा नेश्नल कोच गंगाराम महर्जनको उपस्थिती रहेको थियो ।
त्यसैगरी, आठौं साफ स्वर्ण पदक विजेता निता राई, दशौं साफमा रजत पदक विजेता अमृता शाक्य लगायत विभिन्न डोजोका प्रशिक्षकको उपस्थित रहेको थियो ।
Categorized in जीवनशैली