८ जेठ २०८१, मंगलबार
Header

बझाङमा कांग्रेसका सिंहको अग्रता, इलाममा सुहाङ ३०५९ अघि


प्रकाशित: सोमवार, १७ बैशाख २०८०, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । बझाङ १ को प्रदेश सभा उपनिर्वाचनमा खसेको मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका अभिषेक सिंह ९१६७ मत ल्याएका अग्रस्थानमा छन । 


यस अघि सुरुवातमा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएपछि उनलाई पछि पार्दै कांग्रेसका सिंह अघि बढेका हुन । 


एमालेका भण्डारीका अहिलेसम्म ९ हजार ८४ मत ल्याएका छन । थोरै मतान्तरले मात्र कांग्रेस सिंह अघि देखिएका छन ।


नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३२१५ मत ल्याएका छ । उनी तेस्रो स्थनमा छन ।


यता कोशी प्रदेशका इलाम–२ मा भएको उपनिर्वाचनमा खसेको मतगणनाको पछिल्लो अपडेट अनुसार एमालेका सुहाङ नेम्वाङले तिन हजार ५९ मतले अघि देखिएको छ ।


नेम्वाङले १० हजार १० मत पाएका छन भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मत ल्याएका छन ।


पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम (मुढा चिन्ह) ६ हजार ५९१ मतसहित तेस्रो स्थानमा छन ।


रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४४३ मत पाएका छन । यो मतगणना विहान ९ बजेर ४५ मिनेटको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD