काठमाडौं । जुडोकी पुनम श्रेष्ठले जुडोमा स्वर्ण जितेकी छिन ।
पुनमले फाइनल ७८ केजी तौलको भिडन्तमा बंगलादेशकी फरिना खानोमलाई पराजित गरेकी हुन ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जुडोबाट दोस्रो स्वर्ण जित हासिल गरेको छ ।
यस अघि आईतबार भएको खेलमा जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन ।
उनले फाइनल भिडन्तमा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गरेकी थिईन ।
Categorized in जीवनशैली