७ जेठ २०८१, सोमबार
Header

नेफ्स्कूनले राजधानीमा जेठ २४ र २५ गते सहकारी संस्थाहरुको शिखर सम्मेलन गर्दै


प्रकाशित: मंगलबार, २२ जेठ २०७५, १८ः२६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले राजधानीमा  जेठ २४ र २५ गते सहकारी संस्थाहरुको शिखर सम्मेलन गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

 
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा नेफ्स्कूनले सो सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा देशभरका ६२० सहकारीकर्मीको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलनमा बताएको छ ।

 
नेफ्स्कूनमा हाल तीन हजार १०० बचत संस्था आबद्ध छन् । करिब दुई हजार २०० संस्थाले नेफ्स्कूनमा बुझाएको वित्तीय विवरणअनुसर झण्डै रु ३ खर्बभन्दा बढी रकम बचत छ ।

 
सो पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक परितोष पौडेलले सहकारी संस्था (साकोस) को स्थिरीकरण, कोष कार्यान्वयन, समुदायको वित्तीय समावेशीकरणमार्फत जनताको जीवनस्तरमा कसरी परिवर्तन ल्याउने भन्ने उद्देश्यले सम्मेलनको अयोजना गरेको जानकारी दिएका छन् ।


निेफ्स्कून एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सदस्य संस्था पनि हो । 
यसअघि पहिलो सम्मेलन २०६८ र दोस्रो २०७१ सालमा भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD