७ जेठ २०८१, सोमबार
Header

नेपालमा पूँजीवादी र समाजवादी वर्गविच टकराव छः चन्द (भिडियो)


प्रकाशित: मंगलवार, २० चैत्र २०८०, २०ः५१ बजे
- महानगरखबर

काठमाडौं । समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा पूँजीवादी र समाजवादी वर्गविच टकराव रहेको बताएका छन । 


मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित समाजवादी मोर्चाको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । 


उनले विश्वमै यो अभ्यास रहेकोले नेपालमा पनि यी दुई वर्गविच टकरवार रहेको छ । 


अहिले गणतन्त्र स्थापनापछि समाजमा देखिएको असुन्तुष्टीको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उनले उल्लेख गरे ।

 


उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गरेका छन । 


नेपालका कानूनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरूको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने उनले जोड दिए ।

 
उनले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने भनाई राखे । 


सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एकिकृतका बरिष्ठ नेता तथा पूर्वप्रधानन्त्री झलनाथ खनाल, समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो । 


गत असरमा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, समाजवादी पार्टी र नेकपाविच समाजवादी मोर्चा गठन भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD