७ जेठ २०८१, सोमबार
Header

नागरिक उन्मुक्ति पार्टी बैठकमा हात हालाहाल, हत्याको धम्की नदिएको रेशमको दावी


प्रकाशित: आइतवार, १९ चैत्र २०८०, १५ः३० बजे
- महानगरखवर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पार्टी भित्रको विवाद हातहालाहालको स्थितीमा पुगेको छ ।


सोमवार अनामनगरस्थित कार्यालयमा पार्टीका नेता रेशम चौधरी पक्ष र पार्टी अध्यक्ष रञ्जिता चौधरीपक्षका नेताहरुविच भएको विवादले हाताहालहालको स्थिती सम्म पुगेको थियो । 


सो विषयमा आजै पत्रकार सम्मेलन गरेर पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको जानकारी दिएका छन ।  


उनले छलफलमै रशेम चौधरीले हत्या हुन सक्ने धम्की दिएको बताएका छन ।

 
हिजो (आइतबार) रेशम चौधरीले पार्टी कार्यालयमै विश्वकर्मासहित चार जनालाई भेटेपछि सुदूरपश्चिममा कमल शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ भन्ने चेतावनी दिएको विश्वकर्माले पत्रकार सम्मेलनमा बताएका छन । 


सो भनाईपछि आज आफूमाथि आक्रमण भएपछि सुरक्षाको लागि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको उनले भने । 


तर रेशम चौधरीले भने आफूले त्यस्तो कुनै धम्की निदिएको र पार्टी कसैको पेवा नभएको बताएका छन ।


‘पार्टीको बैठकमा कसेल कसलाई हातपात गरयो ? ज्यान मार्ने धम्की कस्ले दियो ? सुन्ने हेर्ने साथीहरु छन । जसरी पनि मलाई जेल हालेर सत्ताको हालीमुहाली गर्ने स्वार्थीहरुको पछाडी नलागौ भन्दै उनले भने,‘चैत्र २३ र २४ गते हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचानवादीहरुको साझा आवाज हो ।’


सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको दाबी गरेका हुन्।


विवादको सुरूवात कुन गठबन्धनमा जाने भन्नेबाट सुरू भएपछि  पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो । 


पार्टीभित्रको अहिलेको मुख्य विवाद भने अध्यक्ष रञ्जिता प्रधानमन्त्री दाहाल नेतृत्व गठबन्धनलाई समर्थन गर्ने पक्षमा छन भने रेशम प्रमुख प्रतिपक्षदलसँग रहने अडानमा रहेका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD