काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था, नरदेवी काठमाडौंका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन ।
नरदेवीस्थित कार्यालय रहेका उक्त सहकारीका अध्यक्ष महर्जनलाई प्रहरीले फागुन २३ गते चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
बचतकर्ताको रकम अपचलन गरेर फरार भएका बचत फिर्ताको लागि बचतकर्ताहरु कार्यालय धाएपनि उनी कार्यालय बन्द गरेर सम्पर्कविहिन भएका थिए ।
उनी हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आइतवार आज अदालतमा पेस गर्ने तयारी भइरहेको छ ।
सञ्चालकले आफूहरुलाई ठगेको भन्दै सो सहकारीका ४० जनाभन्दा बढी बचतकर्ताहरुले प्रहरीमा उजुरी दिएका थिए ।
Categorized in सहकारी