काठमाडौं । देशभरीबाट काठमाडौं भेला भएका सहकारी बचत पीडितहरुले प्रदर्शन गरेका छन ।
उनीहरु दिउँसो काठमाडौंको विभिन्न स्थानमा जम्मा भई काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनका लागि भेला भएर कोण सभा गरेका थिए ।
कोण सभापछि नयाँ बानेश्वरस्थित सहकारी विभागतर्फ अघि बढेपछि प्रहरीले सहकारी पीडितलाई रोकेपछि केही छिन दुवै पक्षविच झडप समेत भएका थिए ।
प्रहरीले रोकेपछि उनीहरूले प्रदर्शनीमार्ग स्थित धर्ना दिएर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए ।
प्रदर्शनकारीहरु गृहमन्त्री रवि लामिछाने विरुद्ध समेत नारावाजी गरेका थिए ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा आज काठमाडौंमा सो प्रदर्शन गरिएको थियो ।
देशभरका करिब ६०१ सहकारी संस्थाका पीडितहरू न्याय माग्न काठमाडौँमा जम्मा भएको पीडितहरुले बताएका छन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सहकारी