काठमाडौं । जापानको तटीय क्षेत्र नोटोमा ७.६ म्याग्निच्युडका जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
जापानी समाचार संस्था क्योदोका अनुसार यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमेत भत्किएका छन ।
भूकम्पबाट मानवीय क्षतिको भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।
जापानको मौसम विभागका अनुसार वाजिमा बन्दरगाहमा १.२ मिटरसम्म सुनामी आएको छ ।
भुकम्पको कारण यामागाता, निगाता, तोयोमा, फुकुई, ह्योगो प्रिकेक्चरका तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन ।
Categorized in अन्तर्राष्ट्रिय