८ जेठ २०८१, मंगलबार
Header

गगनको संवाद यात्रा जारी, चैत्र १५ बाट फेरि सुरु


प्रकाशित: मंगलवार, १३ चैत्र २०८०, १३ः५० बजे 
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले ‘संवाद यात्रा’ जारी राख्ने भएका छ । 


चैत्र १५ गतेबाट यस अघि गत माघ २३ मा नवलपरासीको गोपीगञ्जमा स्थगित भएको यात्रा सोही स्थानबाट संवाद यात्रा पुनः सुरु गरिने भएको छ ।

 
संवादयात्रा नवलपरासी हुँदै रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने भएको हो । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।


१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । 


स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए ।

खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाहको अवस्था, अवलोकन भ्रमण लगायत माध्यमबाट नागरिकसँग संवाद गर्ने गरी पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको थियो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD