७ जेठ २०८१, सोमबार
Header

काष्ठमण्डपमा पनि राखियो फूलको गमला !


प्रकाशित: आइतवार, १ पुस २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । ऐतिहासिक विश्व सम्पदा काष्ठमण्डप क्षेत्रलाई सौन्दर्यकरण गर्न फूलको गमलाहरु राखिएको छ ।

 
वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्यहरु, शार्दुलजंग गुल्मका गुल्मपति पूर्ण प्रजापती र स्थानीयबासी सहभागीको उपस्थितीमा सो गमलहरु राखिएको हो ।


वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरका अनुसा सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेका कारण सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेकोले सो रोक्ने अभिप्रायले काम थालिएको हो । 


दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजंग गुल्मको व्यवस्थामा सो  क्षेत्रमा १२ वटा फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन । 


अहिले फूलको गमलाहरु राख्ने कामलाई बसन्तपुर क्षेत्रभरि विस्तार गर्ने योजना रहेको दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले बताए । 


हाल काष्ठमण्डप सर्वसाधरणको लागि खुला गरिएको छैन । यस अघि काष्ठमण्डप पुननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डप पुननिर्माणको सम्पूर्ण विवरण महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई बुझाइ सकेको छ ।

 
बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD