काठमाडौं । सहकारी पीडित बचतकर्ताहरुले काठमाडौंमा विशाल पैदलयात्रा गर्ने भएका छन ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले चैत्र १ गते काठमाडौंको विभिन्न स्थानबाट पैदलयात्रा गरी भृकुटीमण्डपमा एक बजे सभा गर्ने भएका छन ।
उनीहरुले भेला हुनको लागि विभिन्न स्थानका तोकेका छन । कालीमाटीमा दक्षिणकाली, कीर्तिपुर, थानकोट, कलंकी, सितापाईलाबाट आउनेहरु भेला हुने भएका छन ।
त्यसैगरी, विजीमा मलमा भेला हुनेहरु बनस्थली, बालाजु, माछापोखरी, मनमैजु, टोखा, बसुन्धरा, समाखुसी, गोंगबु, नयाँ बसपार्क र खसुीबाट आउनेहरु ।
जावालाखेलमा भेला हुनेहरु लुभु, इमाडोल, गोदावारी, थैव, चापागाँउ, हरिसिद्धी, सातदोबाटो, भैसेपाटी, एकान्तकुना, लगनखेल मंगलबजारबाट आउनेहरु ।
अभियानले तोकिएको केन्द्रमा ११ बजे भेला हुन आव्हान गरेका छन ।
Categorized in सहकारी