३१ बैशाख २०८१, सोमबार
Header

काठमाडौंको शंखमुलमा आगलगाीबाट १० पसल तथा घरमा क्षति


प्रकाशित: आइतवार, १६ बैशाख २०८१, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । आइतवार दिउँसो काठमाडौंको शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा क्षती पुगेको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आगलागीबाट पसल र घर गरी १० वटामा क्षति पुगेको एसपी अधिकारीले बताए ।


प्रहरी र स्थानीय बासिन्दाका साथै ललितपुर र काठमाडौं महानगरपालिका गरी ५ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार विशाल केसीले सञ्चालन गरेको अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी सुरु भएको हो । 


आगलागीबाट मेघराज घलेको मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवले सञ्चालन गरेको जय बजरंगबली पान पसल, चन्द्रकुमार कुशवाहले सञ्चालन गरेको माछा पसलमा क्षति पुगेको छ ।


आगलागी क्षेत्र वरपर रहेको खाजा पसल, तरकारी तथा फलफूल पसल, किराना पसलहरु जलेका छन । 


स्थानीयहरु चन्द्र महर्जनको पक्की घरको भित्ता, केदार श्रेष्ठको पक्की घरको भित्तामा क्षति पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD