२९ बैशाख २०८१, शनिबार
Header

कांग्रेस सभापति देउवालाई मिनकृष्णले भने मलाई मन्त्री कहिले बनाउने ? (भिडियो)


प्रकाशित: शनिवार, १५ बैशाख २०८१, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । बागमति प्रदेशसभा सदस्य मिनकृष्ण महर्जनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूलाई खेलकुद मन्त्री बनाईदिन आग्रह गरेका छ ।


शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन गर्न पुुगेका कार्यक्रमका प्रमुख अथिति कांग्रेस सभापति देउवा समक्ष उनले सो माग गरेका हुन । 


महर्जनले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूलाई सबैले भावि खेलकुद मन्त्री भनेर प्रश्न गर्दा गर्दा लाज भईसक्यो भन्दै सो आग्रह गरेका हुन ।

 


‘हाम्रो सभापति पनि यहि हुनुहून्छ,मलाई पनि लाज भईसक्यो सभापतिज्यू, भावि खेलकुद मन्त्री? भावि खेलकुद मन्त्री, जहा गएपनि मलाई लाज भईसक्यो, सभापतिज्यूू, एकचोटी अवसर दिन म विनम्र अनुरोध गर्दछु ।’ उनले भने । 


सो अवसरमा सभापति देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताए । 

 


देउवाले खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य हुने बताए ।


‘खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक छ । गोदावरी नगरपालिकाले यसको प्रयास गरेकोमा मलाई खुशी लागेको छ । खेल मैदानको संरक्षण गर्न आवश्यक छ । पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्छ । खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य छ,ु सभापति देउवाले भने, ुखेल मैदानलाई थप व्यवस्थित बनाउन व्यक्तिगत रुपमा पनि प्रतिवद्धता व्यक्त गर्दछु ।’

 


गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पनि अन्तर पालिका मेयर कप आयोजना गर्नुको औचित्वबारे प्रष्ट पार्दैै गोदावरीमा उपत्यकाकै ठुलो रंगशाला बनाउने योजना रहेको सुनाए । 


तस्वीहरु/भिडियोः बिज्जु श्रेष्ठ र रोशन शाक्य/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD