७ जेठ २०८१, सोमबार
Header

कांग्रेस अडानः संसदीय छानविन समिति नबनेसम्म गृहमन्त्रीलाई बोल्न नदिने 


प्रकाशित: बुधवार, २१ चैत्र २०८०, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बुधवार संसदमा उठेर विरोध जनाएका छन ।


उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमा माथि सहकारी ठगी प्रकरणमा छानविन समिति नबनेसम्म रोष्ट्रमा बोल्न नदिने अडान दोहोराएका छन ।


आजको बैठकमा बोल्दै सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने अडान राखेका हुन । 


उनले भने,‘आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस, हामी त्यो कुराभन्दा दायाँबायाँ उभिनेवाला छैनौं ।कसैलाई भ्रम नहोस । कतिपयलाई भ्रम परेको छ कांग्रेसले उठाएको यो मुद्दा टुंगिँदैछ। सत्ताको समीकरण खेलमा कांग्रेसले नयाँ चाल गर्दैछ । कुनै चाल छैन ।’


शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने पनि बताएका हुन ।


उनले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी समेत दिएको छ ।


त्यसैगरी, रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री पद प्रस्ताव गरेको भए प्रमाण ल्याउन पनि आग्रह गरेका छन ।


‘कहीँकतैबाट टेलिफोन आएको भन्ने छ भने म खारेज गर्छु,’ उनले भने, ‘सभापति वा महामन्त्रीहरूले संस्थागत निर्णय नगरीकन कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गर्न चाहन्छु।’


सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD