७ जेठ २०८१, सोमबार
Header

कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गर्दै, प्रहरी प्रमुखको जवाफमा जनाए असन्तुष्टी


प्रकाशित: आइतवार, १८ चैत्र २०८०, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । आइतावर बसेको संसदको बैठकमा प्रुमख विपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन ।


बैठकमा कांग्रेसको तर्फबाट सांसद सञ्जय गौतमले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरेको हो । 


सांसद गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा दिएका अभिव्यक्तिले संशय पैदा गरेको बताए ।


‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ,’ कांग्रेस सांसद गौतमले भने ।


चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको उल्लेख गरेका थिए ।  


उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए ।

 
प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।


गोरखा मिडिया नेटवर्कमा पोखरा, बुटवल र चितवनलमा रहेका सहकारीबाट ९० करोड रकम ल्याएको पनि गौतमले दाबी गरे । 


कांग्रेसले गत फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेका सन्दर्भमा संसदमा प्रश्न उठाउँदै आएको छ । त्यसयता बसेका हरेक बैठकको सुरुमै कांग्रेसले गृहमन्त्रीका सन्दर्भमा प्रश्न उठाउने गरेको छ ।


चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिनाका विषयमा गृहमन्त्री लामिछाने कतै संलग्न नरहेको प्रहरी ब्रिफिङ रहेको बताएका थिए ।


सांसद गौतमले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति नबनेसम्म  निरन्तर विषय उठाइरहने र आवश्यक परे संसद अवरोध गर्ने र जनतामा जाने चेतावनी समेत दिएका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD