७ जेठ २०८१, सोमबार
Header

कांग्रेसले उम्मेदवार टुंगो लगायो


प्रकाशित: विहिवार, २२ चैत्र २०८०, १५ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ का उपनिर्वाचनको लागि उम्मेदवार टुंगाएको छ । 


इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 


इलाम २ मा उम्मेदवार सिफारिस भएकाहरूसँग बिहीबार बिहान सभापति देउवालगायत पदाधिकारीले निवास बूढानीलकण्ठमा छलफल गरेका थिए ।


खड्का इलाम कांग्रेस सभापति हुन ।  उनी २०७९ को चुनावमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । 


त्यसैगरी, बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ ।


यस अघि अभिषेकका बुवा पृथ्वीबहादुर सिंहले २०७९ मंसिरमा भएको प्रदेश सभा चुनाव जितेका थिए । 


सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन कानून मन्त्रीसमेत रहेका सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परेर निधन भएको थियो । 


२०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ । 


इलाम २ मा नेकपा एमालेले सुवास नेम्बाङका छोरा सुहाङलाई उम्मेदवार बनाएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बुलाई उठाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD