७ जेठ २०८१, सोमबार
Header

कतारी राजाको स्वागतमा भोलि सार्वजनिक बिदासहित मन्त्रिपरिषदले गरे यी निणर्यहरु 


प्रकाशित: सोमवार, १० बैशाख २०८१, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएको उपलक्ष्यमा सार्वजनिक विदा दिन निणर्य गरेको छ ।

 
मंगलवार कतारी राजाको स्वागतमा सार्वजनिक बिदा दिने निणर्य गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।


कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन । 


विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।


त्यसैगर, बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निणर्य पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।


सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निणर्य पनि गरेको छ ।


बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निणर्य पनि गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD