७ जेठ २०८१, सोमबार
Header

एसईईको उत्तर पुस्तिका नचाज्ने शिक्षक संगठनहरुको चेतावनी


प्रकाशित: आइतवार, ९ बैशाख २०८१, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । शिक्षक संगठनहरूले एसईईको उत्तरपुस्तिका जाच्ने शिक्षकहरुको पारिश्रमिक बढाउन माग गरेका छन । 


पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने चेतावनी दिएका छन । 


नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका हुन । 


उनीहरुले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका छन ।


उनीहरुले यसबाट पर्न जाने असर प्रति संघीय सरकार नै जिम्मेवार हुनुपर्ने बताएका छन ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD