८ जेठ २०८१, मंगलबार
Header

एमालेले उपनिर्वाचनका उम्मेदारहरु टुंगो लगायो, इलाम–२ बाट सुहाङ


प्रकाशित: आइतवार, ११ चैत्र २०८०, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमाले बैशाख १५ गते हुन गईरहेको उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएको छ ।


आइतवार बसेको पार्टीको सचिवालय बैठकले इलाम क्षेत्र नं. २ बाट सुहाङ नेम्बाङलाई उम्मेदवार चयन गरेको छ । 


सुहाङ एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख स्व. सुवास नेम्बाङका छोरा हुन । नेम्वाङको भदौ  २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । 


४ मंसिर २०७९ को आम निर्वाचनमा सुवास नेम्बाङले सो क्षेत्रबाट जितेका थिए ।


त्यसैगरी, बैठकले बझाङ क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बनाउने निर्णय गरेको हो । 


एमालेका बझाङ जिल्ला अध्यक्ष भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।


बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD