७ जेठ २०८१, सोमबार
Header

इलाम– २ उपनिर्वाचनको लागि कांग्रेसबाट उम्मेदवारहरुको नाम सिफारिस


प्रकाशित: बुधवार, ७ चैत्र २०८०, १४ः०० बजे 
- महानगरखवर

काठमाडौं । आगामी बैंशाख १५ गते इलाम क्षेत्र नं. २ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा सात जनाको नाम सिफारिस गरिएको छ । 


कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफासिर गरिएको हो । 


सिफारि गरिएको उम्मेदवारहरु मध्ये आचार्य कांग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन ।


त्यसैगरी नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन । 


कांग्रेसको प्रदेश समितिले  १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD