८ जेठ २०८१, मंगलबार
Header

इलामा २ मा सुवाङ निर्वाचित


प्रकाशित: मंगलवार, १८ बैशाख २०८१, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । इलाम क्षेत्र–२ उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन । 


उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन ।


सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।


अघिल्लो निर्वाचनमा २०७९ मा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए ।

 
तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  । 


निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । 


यता बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन । 


सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन । 


उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन ।  एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD