८ जेठ २०८१, मंगलबार
Header

इलाममा सुहाङले लिए अग्रता


प्रकाशित: आइतवार, १६ बैशाख २०८०, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । इलाम–२ को पछिल्लो मतपरिणाम अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन ।


फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङलृ दुई हजार ५४२ मत पाएका छन । 


कांग्रेस उम्मेदवार खड्काले २ हजार १९७ मत पाएका छन । सुहाङ भन्दा उनी ३०० मत भन्दा बढीले पछि परेका छन । 


त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छ ।


बझाङमा  एमालेका उम्मेदवार दमनबहादुर भण्डारीकै अग्रता रहेको छ । 


पछिल्ललो अपडेट अनुसार बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा ५७१९ सदर मतमध्ये भण्डारीले २०८८ मत प्राप्त गरेका छन् । 


दोस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १३७२ मत पाएका छन् ।


तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९१ मत पाएका छन् ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD