८ जेठ २०८१, मंगलबार
Header

इनार खन्ने क्रममा भक्तपुरमा २ जनाको मृत्यु


प्रकाशित: बुुधवार, १९ पुस २०८१, २२ः०४ बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको चाँगुनारायण–४ खनालचोकमा इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीका अनुसार मृत्यु हुनेमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २८ वर्षीय  सन्देश सुनुवार र उनको काका ४६ वर्षीय दीपक सुनुवार हुन ।

 
सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको हो । 


इनार खन्दै ५५ फिट तलसम्म पुुग्दा तल ग्यास निस्केर अचेत अवस्थामा भेटिएका उनीहरुलाई उद्धार गरेर भक्तपुर अस्पताल लग्दा उनीहरू दुवैको मृत्यु भइसकेको प्रहरीले बताए ।

 
प्रहरीले पोष्टमर्टमको लागि शव भक्तपुर अस्पतालमै राखिएको जानकारी दिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD