८ जेठ २०८१, मंगलबार
Header

आगलागी पीडितलाई सरकारले तत्काल २० हजार दिने


प्रकाशित: शुक्रवार, २१ बैशाख २०८१, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने भएको छ । 


देशभर डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति रहेको गृहमन्त्रालयको सचिव एकनारायाण अर्यालले बताएका छन ।

 
उनका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका पनि जानकारी दिए । 


त्यसैगरी, आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ ।


शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा अर्यालले यस्तो जानकारी दिएका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD